गोरखा नगरपालिका– ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन्। उनीहरू शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर घर फर्किँदै थिए।
काठमाडौँ– शनिबार बिहान यात्रुवाहक ट्याक्सी त्रिशूलीमा खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको परिचय खुलेको छ। दुर्घटनामा पर्नेमा गोरखाको रोका परिवार र उनका आफन्त रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको जनाएको छ।
मृत्यु हुनेमा ७० वर्षीया जुनमाया रोका, उनकी जेठी छोरी हरिमाया रोका (उपरकोटी), हरिमायाको छोरा आगमन उपरकोटी, जुनमायाको कान्छी छोरी अन्जना रोका, माइला ज्वाइँ ट्याक्सी चालक गोरखा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन रहेका छन्। हरिमायाका नाति दिवस रोका भने बेपत्ता छन्।
गोरखा नगरपालिका ७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठका अनुसार मृतक एकै परिवारका आफन्त हुन्। उनीहरू जुनमाया रोकाका छोरा ३९ वर्षीय शंकर रोकाको शुक्रबार राति पशुपतिमा अन्त्येष्टि गरेर घर फर्किँदै थिए।
“जुनमायाको छोरा शंकरको शुक्रबार काठमाडौँमा मृत्यु भएकाले उहाँहरू (मृतक शंकरका आमा, छोरा, दिदीबहिनी, ज्वाइँ, भान्जा) पशुपतिमा अन्त्येष्टि सकेर फर्किँदै गर्दा दुर्घटनामा पर्नुभएछ,” उनले भने, “शंकरजीलाई क्यान्सर थियो भन्ने सुनेको छु। रोका परिवारमा ठूलो आपत् आएको छ।”
शंकरकी श्रीमती भने अर्कै गाडीमा बसेकाले दुर्घटनाबाट जोगिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूलीमा खसेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
