एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो। निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो।
ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र ६ महिना नबित्दै उप्किएको छ। कालोपत्र उप्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ।
एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो। निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उप्किन थालेको थियो। अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन्। कालोपत्र उप्किएपछि सडक हिलाम्मे र धुलाम्मे बन्ने गरेको छ।
गुणस्तरहीन कामका कारण कालोपत्र उप्किएको स्थानीयले बताएका छन्। २०७९ असारमा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले मर्मत गरेको थियो। निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्युटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ। कालोपत्र उप्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए।
“ठेकेदारले शुरूमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ। अहिले गाडी कुदाउने खालको सडक छै। जताततै खाल्डाखुल्डी र हिलोधुलो छ,” चालक सुनारले भने, “गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाई कारबाही गर्नुपर्छ।”
गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए। नरेठाँटीदेखि भ्युटावरसम्मको सडक कतै कालोपत्र उप्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनको भनाइ छ।
लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले १३ करोड ९९ लाखमा ठेक्का लिएको थियो। मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकारे। इन्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उप्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए।
“निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ। त्यो सबै उसैले बनाउनुपर्छ,” उनले भने। बागलुङमा मध्यपहाडी लोकमार्ग १४२ किलोमिटर पर्छ। बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
