पहिलो कार्यकालमा शुरू भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए।
बागलुङ– स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो। अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारीसाधन सञ्चालन हुन थालेका छन्। नगरले कालीगण्डकी करिडोर र कृषि सडकलाई मूल मार्ग मानेर अन्य सडक सञ्जाल विस्तार गरेको हो।
यसअघि पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको विकासका लागि नगरसँग चुनौतीका चाङ थिए। अहिले जैमिनीका सबै गाउँ सडक सञ्जालले जोडिएका छन्। सबै वडा कार्यालयमा बाह्रै महिना सवारी सञ्चालन हुने गरी सडक सञ्जाल विस्तार भए पनि अझै पर्याप्त नभएको जैमिनी–८ छिस्तीका नारायण पौडेलको भनाइ छ।
पालिका सदरमुकाम कुश्मीशेरा बजार जिल्ला सदरमुकाम बागलुङ बजारसँग कालोपत्र सडकले जोडिएको छ। कुश्मीसेराबाट वडाहरू जोड्ने सडकका नाकामा कालोपत्र र ढलानको काम शुरू भएको छ। नगरले सडक विस्तारमा नयाँ रणनीति लागू गरेको छ। जैमिनीले सडक बनाउने मात्रै नभई बनेका सडकलाई टिकाउन प्रयत्न गरिरहेको जनाएको छ।
पहिलो कार्यकालमा शुरू भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए। उनका अनुसार दश वडा रहेको नगरमा १३ दिगो सडकका योजना छन्।
यी सडक स्तरोन्नति भइसक्दा जैमिनीका सबै वडामा बाह्रै महिना सवारीसाधन सहजै पुग्ने नगर उपप्रमुख शर्माले बताए। “जैमिनी–१, ५, ६, ७ र ८ लाई छोएर राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर उत्तरबाट दक्षिण लाग्छ,” उनले भने, “वडा नं १, २, ४, ९ र १० लाई छोएर बागलुङ शान्तिपुर कृषि सडक बनेको छ।”
यिनै दुइटा मुख्य सडकलाई आधार बनाएर जैमिनीले हरेक वडा जोड्न दिगो सडक कार्यक्रम सञ्चालनमा ल्याएको हो। “दिगो सडक कार्यक्रम हरेक वडामा क्रमबद्ध रूपमा पक्की सडक पुर्याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको कार्यक्रम हो”, शर्माले भने, “हामीले गौरव गर्न सकिने गरी १३ सडक तयार गर्दै छौँ।” हरेक वर्ष दिगो सडकका लागि बजेट विनियोजन हुने गरेको उहाँले जानकारी दिए।
बजारीकरण र पर्यटनमा सडकले राहत
पक्की नाली तयार, ग्राभेल गर्ने, पर्खाल लगाउने र सडक टिकाउने काममा नगर लागेको छ। टुक्रे योजनामा गरेको लगानी खेर जाने भएकाले पनि दिगो सडक कार्यक्रम ल्याइएको शर्माको भनाइ छ।
दिगो सडकले सर्वसाधारणलाई आवतजावतमा सहज मात्रै होइन, कृषिउपजको बजारीकरण र पर्यटनमा समेत सहयोग गर्ने बुझाइ नगरको छ। हरेक दिगो सडकसँग नगरभित्रका कुनै न कुनै पर्यटकीय क्षेत्र जोडिएका छन्।
“घुम्न आउनेहरूका सवारी सडककै कारण भनेको ठाउँमा पुग्दैनन्, हामीले दिगो सडक तयार गरे त्यो समस्या हट्छ”, नगर उपप्रमुख शर्माले भने, “सडकमा लगानी गर्नु भनेको आर्थिक क्षेत्रमा जोडिनु पनि हो।”
जैमिनीधाम, हाँडिकोट टापु, गाजाको दहजस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र जोड्न दिगो सडक प्रयोगमा आउने उनले बताए।
भूगोलका हिसाबले दूरदराजमा रहेका गाउँमा उत्पादित कृषि उपज तथा पशुधनलाई बजार पुर्याउन अहिले पनि ढुवानीमा समस्या हुने गरेको छ। ठूला साधन नपुग्ने र साना सवारी तथा मानव श्रमशक्ति महँगो पर्ने भएकाले किसान निराश छन्। उत्पादनभन्दा ढुवानी लागतका कारण मर्कामा परेका किसानलाई दिगो सडकले सहयोग गर्ने नगर उपप्रमुख शर्माले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
