फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि संखुवासभा र भोजपुर आवतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले जानकारी दिए।
किमाथांका– संखुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीमा सञ्चालित फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ। शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लट्ठा (तार)मा समस्या देखिएपछि यातायात सेवा अवरुद्ध भएको हो। फेरी बन्द भएपछि भोजपुर जिल्लामा दैनिक उपभोग्य सामग्री आयात तथा आवतजावतमा समस्या उत्पन्न भएको छ।
चार वर्षअघि निर्माण गरिएको फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि संखुवासभा र भोजपुर आवतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले जानकारी दिए। उनका अनुसार अवरुद्ध फेरी सञ्चालनमा ल्याउन अझै दुई साता लाग्ने र यसका लागि पहल भइरहेको छ।
फेरी बन्द भएपछि भोजपुरको षडानन्द नगरपालिका र साल्पा सिलिच्छो गाउँपालिका जाने दर्जनौँ गाडी अरुण नदी आसपासका क्षेत्र अलपत्र परेका छन्। अरुण नदीमा पक्की पुल नहुँदा फेरी भोजपुरका लागि सवारीसाधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम हो। सो नदीमा निर्माणाधीन अवस्थामा रहेको दुइटा पक्की पुल पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन।
अरुण नदीको सतिघाट अरुण नदीमा फेरी अवरुद्ध भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका ७० हजारभन्दा बढी स्थानीय प्रभावित भएका छन्। फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको थियो।
संघीय सांसद क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको ५५ लाख रुपैयाँ लागतमा फेरी निर्माण गरिएको हो। फेरीबाट दैनिक एक सय वटाजति साना–ठूला सवारीसाधन आवतजावत गर्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
