मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेका छन्।
काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री बनाएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार थपलियालाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री थपलियालाई प्रदेश प्रमुख शर्माले शनिबार साँझ नै पद तथा गोपनीयताको शपथ गराए। थपलिया दोस्रो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेका हुन्। उनले यसअघि गत वर्ष पुस २६ गते सो मन्त्रालय सम्हालेका थिए।
थपलिया आर्थिक मामिला मन्त्री नियुक्त भएसँगै बागमती प्रदेश सरकार आठ सदस्यीय बनेको छ। अझै पनि मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफू मातहत नै राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
