पुरातत्त्व विभागले कीचक वधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो। यस पटकको उत्खनन सातौँ हो।
झापा– भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचक वधमा दुई हजार २०० वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। पुरातत्त्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो।
पुरातत्त्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, सोही भवनको केही पश्चिम दक्षिण अर्को बहुतले भवन फेला परेको जानकारी दिए। चारवटै भवनको दक्षिणमा करिब २०० फिटको दूरीमा दुईतले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको उनको भनाइ छ।
“अर्को सालसम्ममा उत्खनन पूरा हुन्छ। अझ गहिराइसम्म उत्खनन गर्दा यस स्थानको ऐतिहासिकता बुद्धकालभन्दा अगाडि जाने संकेत पाइएको छ,” उनले भने। हाल उत्खनन गरिएको क्षेत्रमा रुखहरू भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचक वधस्थलभित्र सवारीसाधन प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए।
पुरातत्त्व विभागले कीचक वधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो। यो पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा भएको थियो। यस पटकको उत्खनन सातौँ हो। यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा उत्खनन भएको थियो।
विराट राजाको सेनापति एवं सालो कीचक सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतीत्व लुट्ने धृष्टता गर्दा यही स्थानमा भीमद्वारा मारिएको किंवदन्ती छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
