आइतबार रुद्रमती र बागमतीको दोभानबाट रुद्रमतीतर्फ सफाइ शुरू भएको छ। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर सफाइ थालिएको महानगरले जनाएको छ।
काठमाडौँ– नदी सफाइ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरले पाँच महिनामा दुई हजार २४८ मेट्रिक टन फोहोर निकालेको छ।
गत कार्तिकयता विभिन्न नदी किनार र जलवहाव क्षेत्रबाट उक्त फोहोर संकलन गरेको हो। यसका लागि सात हजार ६९४ जना जनशक्ति परिचालन गरिएको छ। यी जनशक्ति श्रम बैंकबाट लिइएका हुन्।

शहरी स्वच्छता र सफाइका लागि महानगरले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो। वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार, आवश्यकताका आधारमा एक्साभेटरसहित उपकरण प्रयोग गरिएको थियो।
असोज ३० देखि नदी किनारको सरसफाइ थालिएको थियो। फागुन २० देखि नदीभित्र प्रवेश गरेर फोहोर निकाल्न थालिएको हो।

मंसिर १ देखि सहरी सरसफाइका लागि थप गरिएका ३०० जना जनशक्तिले पनि काम गरिरहेका छन्। उनीहरूलाई नदी किनारा, सडक, पार्क र सार्वजनिक स्थलको सफाइमा खटाउने गरिएको छ।
सफाइका क्रममा सबैभन्दा धेरै पाइने फोहोर प्लास्टिक रहेको छ। यसपछि कपडा छन्। घाट क्षेत्रमा काठ, दाउरा, कोइला, कपडादेखि अन्य विभिन्न प्रकारका फोहोर भेटिने गरेको छ।
रुद्रमती सफाइ शुरू
यसैबीच, आइतबार रुद्रमती र बागमतीको दोभानबाट रुद्रमतीको शिरतर्फ सफाइ शुरू भएको छ। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीभित्रको सफाइ थालिएको महानगरले जनाएको छ।

सफाइ कार्यक्रम सञ्चालन भएसँगै नदीमा फोहोर नफाल्न आसपास क्षेत्रमा प्रचारात्मक कार्यक्रम पनि गर्नुपर्ने व्यवस्था छ। “नबुझेर फोहोर फाल्नेको संख्या कम छ। बुझेर फोहोर फाल्नेमाथि विशेष निगरानी रहनेछ,” सफाइमा सहभागी वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने। सफाइ हरेक दिन बिहान ७ देखि अपराह्न २ बजेसम्म हुनेछ।
काठमाडौँमा नदी
काठमाडौँमा मुख्य नौ वटा नदी छन्। यीमध्ये बागमती नदीको पहिलेदेखि नै सफाइ भइरहेकाले महानगरले यो नदी सफाइ गर्ने योजना बनाएको छैन। अन्य आठ वटा नदीको सफाइ नियमित सञ्चालन हुने वडाध्यक्ष तण्डुकारले बताए।

यी आठ वटा नदीमा विष्णुमती, रुद्रमती (धोबीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
