इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सकारात्मक संकेत गरेसँगै वार्ताको वातावरण बनेको हो। वार्ता इजिप्टको कायरोमा आइतबार शुरू हुँदैछ।
इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता शुरू हुँदैछ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक संकेत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको सञ्चारमाध्यम अल–काहेराले जनाएको छ।
उक्त अखबारले इजिप्टको सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजिप्टको राजधानी कायरोमा वार्ता हुन लागेको बताएको छ।
इजिप्ट, कतार र अमेरिकाले यसअघिका बैठकको पनि मध्यस्थता गरेका थिए तर ती वार्तामा प्रगति हुन सकेको थिएन।
यसअघिका वार्तामा रमादान अघि नै युद्धविराम गर्ने प्रयास गरिएका थिए। तर दुवै पक्षबीचको गतिरोधको अन्त्य हुन सकेन। अहिले मुस्लिम समुदायको पवित्र रमादानको आधा महिना बितिसकेको छ।
गत शुक्रबार नेतान्याहुले दोहा र कायरोमा नयाँ चरणको युद्धविराम वार्ता गर्नेगरी स्वीकृति प्रदान गरेका थिए।
गाजामा बन्धक बनाइएका परिवारका सदस्यले इजरायलको ठूलो शहरको मुख्य राजमार्गमा विरोध प्रदर्शन गरेपछि सरकारले पुनः वार्ताको पहल थालेको अनुमान गरिएको छ। प्रदर्शनकारीले बन्धक छुटाउन र गाजामा इजरायलले गरिरहेको युद्धप्रति विरोध जनाएका थिए।
हमास विद्रोहीले अक्टोबर ७ मा इजरायली भूमिमा प्रवेश गरी २५० जनालाई बन्धक बनाएका थिए। जसका कारण इजरायल र हमासबीच भीषण युद्ध जारी छ।
युद्धविरामको प्रमुख सर्त गाजामा बन्धक बनाइएका इजरायलीलाई मुक्त गर्ने र इजरायलको जेलमा रहेका प्यालेस्टिनीलाई छाड्ने रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
