असिनापानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए।
धादिङ– धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिनापानीले दिउँदेबाली नष्ट गरेको छ। उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन्। वर्ष दिन खानका लागि लगाएको अन्नबाली क्षण भरैमै सखाप भएपछि किसान चिन्तित भएका हुन्।
शनिबार दिउँसो परेको असिनापानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए। उनका अनुसार गंगाजमुना, खनियाबास र रुविभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिनापानीले नष्ट गरेको छ।
हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै, गहुँ, जौलगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्याएर अर्को बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताए। “हुर्कँदै गरेको गहुँ, गोड्ने बेला भएको मकै र आलु असिनापानीले नष्ट गरेको छ,” उनले भने, “बारीका डिलमा भएको रुख घाँसको समेत सिट्ठा मात्रै बाँकी छ।”
फागुनको पहिलो सातादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ।
मकै र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यस यस क्षेत्रका किसानको खुशी असिनापानीले नष्ट पारिदिएको गंगाजमुना–१ ताजिमग्राङका इमान तामाङले बताए। कृषि पेसामा निर्भर हुँदै आएकाहरूको खुशी पलभरमै निराशामा बदलिएको उनको भनाइ छ।
हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी असिना पानीले सखाप पारेपछि यहाँका किसानलाई बर्खामा के खाने भन्ने चिन्ता परेको छ। खनियावासको झार्लाङ, रुविभ्यालीको तिप्लिङ र गंगाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात मानिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
