मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.३० अंकले घटेर २०१८.३३ को विन्दुमा कायम भएको छ।
आइतबार ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता शेयर ६७ हजार ४४ पटक खरिदबिक्री हुँदा तीन अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ बराबरको कारोबार भएको छ।
निर्जीवन बीमा समूहको उपसूचक ०.१२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक आइतबार घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह ३.६५, व्यापार १.७४, लघुवित्त १.२० र विकास बैंक १.०९ प्रतिशतले घटेको छ।
बैंकिङ ०.५३, वित्त ०.६२, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.०८, लगानी ०.७९, जीवन बीमा ०.९९, म्युचुअल फन्ड ०.७३ र अन्य समूहको उपसूचक ०.७१ प्रतिशतले घटेको छ।
मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। गरिमा डिभेन्जर २०८५ को मूल्य ८.०८ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७.७४ प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै घट्नेमा भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्यमा ९.९९ प्रतिशतले गिरावट देखिएको छ।
कारोबार रकम र शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै सर्वोत्तम सिमेन्ट लिमिटेडको २८ करोड ६८ लाख ९३ हजार ३३१ बराबरको दुई लाख ९० हजार १३६ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
