जगदम्बा इन्टरप्राइजेजले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको छ।
काठमाडौँ– बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेज ४८ मेगावाट बिजुली लिन नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जोडिएको छ। फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत् लिन लागेको हो। उद्योगले अहिले करिब ४ मेगावाट विद्युत् खपत गरिरहेको थियो।
प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत् वितरण गर्ने छ। थप विद्युत् वितरणका लागि उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभिए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ।
उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्विचयार्ड बनाएको छ। प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्विचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो। योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत् लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए।
"उद्योगले अहिले ४.८ एमभिएको लोड लिइरहेको थियो, थप ४४ एमभीए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमश: स्वीकृति लोडबमोजिम थप विद्युत् दिन शुरू गरिएको छ", उनले भने, "स्वीकृति लोडअनुसार विद्युत् लिएमा उद्योगले मासिक रुपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
