अनलाइन लोटरी तथा सपिङको प्रलोभन देखाइ नेपाली तथा विदेशी नागरिकलाई ठगी गरेको आरोपमा प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
काठमाडौँ– अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा पर्साबाट तीन चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चीनको हुनान प्रान्तका ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन्।
अनलाइन लोटरी तथा सपिङको प्रलोभन देखाइ नेपाली तथा विदेशी नागरिकलाई ठगी गरेको आरोपमा उनीहरूलाई वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। उनका अनुसार चाइ र बोहाङलाई वीरगन्ज–१५ बाट र जियाओलाई वीरगन्ज–६ बाट पक्राउ गरिएको हो।
उनीहरूले वीरगन्ज–१५ स्थित नन्दु पटेलको घरमा कार्यालय खोलेर अनलाइनमार्फत ठगी धन्दा चलाइरहेको भन्ने विशेष सूचनापछि पर्सा प्रहरीको ‘इन्टेलिजेन्स टिम’ले सूक्ष्म निगरानी गरेको थियो। सोक्रममा उनीहरूको गतिविधि शंकास्पद देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूले सञ्चालन गरेको कार्यालयबाट डेक्सटप, ल्यापटप, मोबाइल फोन, भारतीय तथा नेपाली नम्बर प्लेटका गाडी तथा मोटरसाइकल, विभिन्न देशका मुद्रा लगायतका सामान बरामद गरिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
