कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
पोखरा महानगरपालिका–२३ का ५५ वर्षीय लक्ष्मण सुनार र सोही स्थानका ५२ वर्षीय जयराम सुनारको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। उनका अनुसार घाइते पाँच जनाको मणिपालमा र पाँच जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नंको यात्रुवाहक जिप दिउँसो सल्लाघारी भन्ने ठाउँमा घुम्तीबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा घटनास्थलबाट घाइतेको उद्धार गरिएको थियो। घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
