नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको आइतबारको बैठकले पेट्रोलमा साबिकको खुद्रा मूल्यमा प्रतिलिटर ४ रुपैयाँका दरले बढाउने निर्णय गरेको हो।
निगमले आइतबार साँझ विज्ञप्ति जारी गर्दै पेट्रोलमा भएको मूल्यवृद्धिबारे जानकारी दिएको हो। मूल्यवृद्धि सोमबार बिहान १ बजेबाट लागू हुने निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको मूल्यसूचीमा पेट्रोलको मूल्य बढेर आएकाले नेपालमा पनि बढाइएको निगमले जनाएको छ। निगमका अनुसार आईओसीले पठाएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७६ पैसा बढेर आएको छ। आईओसीले हरेक १५/१५ दिनमा इन्धनको मूल्यसूची पठाउने गर्छ, जसअनुसार नेपालमा इन्धनको मूल्य घटबढ हुने गर्छ।
मूल्यवृद्धि भएसँगै काठमाडौँ उपत्यकामा प्रतिलिटर पेट्रोलको मूल्य १७५ रुपैयाँ काम भएको छ। यसअघि १७१ रुपैयाँमा कारोबार भइरहेको थियो।
डिजेल/मट्टितेल, खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धनको मूल्य यथावत् रहेको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आए तापनि निगम अझै घाटामा रहेकाले घटाउन नसकिएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
