आईपीएल: दिल्लीसँग चेन्नई २० रनले पराजित

आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो।

काठमाडाैँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा चेन्नई सुपर किंग्समाथि दिल्ली क्यापिटल्सले जित निकालेको छ।

यस सिजनका दुई खेलमा लगातार हार बेहोरेको दिल्ली क्यापिटल्सको यो पहिलो जित हो। दिल्लीले लगातार दुई खेलमा जित निकाल्दै ४ अंक जोडेको चेन्नई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो।

विशाखापटनममा भएको खेलमा दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रनमा समेटियो। चेन्नईका लागि अजिंके रहानेले सर्वाधिक ४५ रनको योगदान गरे। त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्कासहित अविजित ३७ रन बनाए। त्यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे। 

दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो।

दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेले। अर्का ओपनर पृथ्वी शाँले २७ बलमा ४ चौका र २ छक्कासहित ४३ रन बनाए। यस्तै, कप्तान रिषभ पन्तले ४ चौका र ३ छक्कासहित अर्धशतक बनाए। 

चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले १/१ विकेट लिए।