घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
काठमाडाैँ– इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा ब्राइटन भने ४२ अंकका साथ तालिकाको नवौँ स्थानमा छ।
ब्राइटनले लिभरपुलविरुद्ध शुरूआती अग्रता लिए पनि जोगाउन असफल भएको थियो। खेल शुरू भएको दोस्रो मिनेटमै डेनी वेलबेकले गोल गर्दै अग्रता दिलाएका थिए। २७ औँ मिनेटमा लुईस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।
पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिभरपुलले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि मोहमद सलाहले ६५ औँ मिनेटमा गोल गर्दै २–१ को अग्रता दिलाए। सलाहले एलेक्सिस एलिस्टरको पासमा गोल गरेका थिए। त्यसपछि थप गोल नभएपछि लिभरपुल अन्ततः २–१ को जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो।
यता आर्सनलले भने पुन: शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ। आइतबार राति सिटिको घरेलु मैदान इतियाद रंगशालमा म्यानचेस्टर सिटी र आर्सनलबीच भएको खेलमा कुनै पनि टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए।
आर्सनलले २९ खेलबाट ६५ अंकका साथ दोस्रो स्थानमा यथावत रहँदा सिटि समान खेलबाट ६४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
