राष्ट्रपति बनेपछि देशका मुख्य मुख्य शहरमा आफ्नो पार्टीका उम्मेदवारलाई मेयरमा विजयी गराउने एर्दोगानको सपना पूरा हुन पाएन।
टर्कीको स्थानीय चुनावमा विपक्षी पार्टीले धेरै शहरमा जित हासिल गरेको छ। सबैभन्दा ठूलो शहर र आर्थिक केन्द्र इस्तानबुलमा पनि रिपब्लिकन पिपुल्स पार्टी वा सीएचपीका निवर्तमान मेयर एकरेम इमामोग्लुले जितेका छन्।
इस्तानाबुलमै विपक्षी पार्टीले जित्नुलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको छ। किनकी उनी इस्तानाबुलका पूर्वमेयर पनि हुन्। त्यहीँबाट उनको राजनीतिक करियर पनि उकालो लागेको मानिन्छ।
यस स्थानीय चुनावमा उनी आफ्नो पार्टीलाई जिताउन जोडतोडले लागेका थिए। उनी आफै राजनीतिक प्रचारप्रसारमा लागेका थिए। एर्दोगानले इस्तानबुलमा नयाँ युगको शुरूआत गर्ने वाचा गरेका थिए। तर १६ करोड जनसंख्याको यो शहरमा विपक्षी दलले चुनाव जित्यो।
तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टीको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका बीबीसीले जनाएको छ। राष्ट्रपति चुनाव जितेर एर्दोगान शहरको राजनीतिक नेतृत्वमा आफ्नो प्रभुत्व कायम गर्ने कुरामा विश्वस्त थिए। तर स्थानीय चुनावमा उनको पार्टीका उम्मेदवारको पराजयले उनको आशा निराशामा परिणत भएको छ।
विपक्षी दलले राजधानी अंकारासहित अन्य १५ शहरको मेयरको चुनाव जितेको बीबीसीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
