रुसी सेनामा भर्ती भई मृत्यु भएका परिवारका सदस्यले गरे सिंहदरबार अगाडि प्रदर्शन (तस्वीरहरू)

उनीहरूले बेपत्ता भएकाहरूको खोजी गरी उद्धार गर्न, युद्धमा घाइते भएका नेपालीको नि:शुल्क उपचार तथा राहतको मागसहित प्रदर्शन गरेका छन्।

काठमाडाैँ– रुसी सेनामा भर्ती भएर मृत्यु तथा बेपत्ता भएका नेपालीका परिवारका सदस्यले काठमाडाैँमा प्रदर्शन गरेका छन्। उनीहरूले सोमबार बिहान सिंहदरबारको मूलगेट अगाडि प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले बेपत्ता भएकाहरूको खोजी गरी उद्धार गर्न, युद्धमा घाइते भएका नेपालीको नि:शुल्क उपचार, राहतको मागसमेत गरेका छन्।

परराष्ट्र मन्त्रालयले पटकपटक गरी रुसी सेनामा भर्ना भएकामध्ये २५ भन्दा धेरै नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरिसकेको छ। यस्तै २५० भन्दा धेरै बेपत्ता भएको बताइएको छ।