सुनको मूल्य प्रतितोला १ हजार ६ सयले बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भई एक लाख ३१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजार रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३० हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार ५३५ रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ।