सिमाना क्षेत्रमा रातिको समयमा माछा, मासु तस्करी गर्ने गिरोह सक्रिय हुने र बिहानसम्म पसलहरूमा भारतीय कुखुरा र माछा पुग्ने गरेको छ।
बाँके– भारतबाट अवैधरूपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन्। नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरूपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन्।
कुखुरा व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा कुखुराको मूल्य कम हुने भएकाले बढी नाफा कमाउन व्यापारीले चोरीको बाटो प्रयोग गर्दै आएको बताए। उनका अनुसार नेपालगन्ज, खजुरा र कोहलपुरका मुख्य स्थानमा भारतबाट अवैधरूपमा आयात भएका कुखुरा र माछा बिक्रीवितरण हुँदै आएका छन्।
रातिको समयमा माछा, मासु तस्करी गर्ने गिरोह सक्रिय हुने भएकाले बिहानसम्म पसलपसलमा भारतीय कुखुरा र माछा पुग्ने गरेको खत्रीको भनाइ छ। सबैभन्दा बढी जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा अवैधरूपमा मासुजन्य सामग्रीको तस्करी हुने गरेको उनले बताए।
अवैधरूपमा भित्र्याइएका कुखुरालाई नेपाली उत्पादन भन्दै मासु व्यवसायीले नेपालगन्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायत जिल्लामा पुर्याउने गरेका खजुरा–२ सीतापुका कुखुरापालन गर्दै आउनुभएका लक्ष्मीबहादुर थापाले बताए।
ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउनेक्रम बढेको भन्दै अहिले आफ्नो व्यवसाय नै संकटमा पर्ने खतरा बढेको उनको भनाइ छ। बाँके र बर्दियाका विभिन्न भित्री नाकाबाट मासुजन्य सामग्री तथा कुखुरा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका उनले बताए।
खुला सिमानाका कारण भारतीय कुखुरा अवैधरूपमा भित्रिँदा आफूहरूकोे व्यवसाय नै संकटमा परेको नेपालगन्ज–२३ मा रहेको कादरी पोल्ट्री फार्मका सञ्चालक एवं कुखुरा व्यवसायी संघका सदस्य अहमद हुसैन खान बताउँछन्।
भारतमा विभिन्न समयमा फैलिएको बर्डफ्लूलगायत पन्छीजन्य रोग भित्रिने जोखिम भएकाले सरकारले भारतीय कुखुराजन्य सामग्री आयातमा प्रतिबन्ध लगाएको छ।भारतमा कुखुराजन्य सामग्रीको मूल्य नेपालमाभन्दा सस्तो हुने भएकाले बढी नाफाका लागि मासु व्यवसायीले भारतीय कुखुराजन्य सामग्री बिक्रीवितरण गर्ने गरेका कुखुरापालक किसान बताउँछन्।
भारतबाट अवैधरूपमा भित्रिएको ठूलो परिमाणका कुखुरा सीमासुरक्षामा खटिएको सशस्त्र प्रहरीले पक्राउ गर्दै आए पनि तस्करी नरोकिएको उनीहरूको भनाइ छ।
चालु आर्थिक वर्षको आठ महिनामा अवैधरूपमा नेपाल भित्रिएको ५० लाख ३९ हजार ४५० रुपैयाँ बराबरको कुखुराको मासु र अण्डा सीमा क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए।
उनका अनुसार चालु आवको फागुन मसान्तसम्म २५ लाख ४२ हजार रुपैयाँ मूल्य पर्ने ६ हजार ३५६ किलो कुखुरा, ६ लाख ४३ हजार ३०० को एक हजार ६०० किलो कुखुराको मासु, १८ लाख ५२ हजार मूल्य पर्ने २३ हजार १५० वटा चल्ला र एक हजार ४०० रुपैयाँ मूल्य बराबरको चार क्यारेट अण्डा बरामद गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
