अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
काठमाडौँ– काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको हो।
लेखापाल निरौला विभागबाट घुससहित पक्राउ परेका थिए। लेखापाल निरौलालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा विभागको टोलीले फागुन २९ गते नियन्त्रणमा लिएको थियो। धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा विभागबा खटिएको टोलीले लेखापाल निरौलालाई नियन्त्रणमा लिएको थियो।
“निरौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो १५ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगोबमोजिम जरिबाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ,” विभागका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
