नेपाल ‘ए’ले दिएको २१४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड उल्भ्सले २० ओभर खेल्दै ७ विकेट गुमाएर २१० रन मात्र बनाउन सक्यो।
काठमाडौँ– आयरल्यान्ड उल्भ्सविरुद्धको तीन टी२० श्रृंखलामा नेपाल ‘ए’ले सान्त्वना जित हात पारेको छ। आइतबार भएको खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्सलाई ३ रनले पराजित गरेको हो।
अघिल्ला दुई खेलमा नेपाल ‘ए’लाई पराजित गर्दै आयरल्यान्ड उल्भ्सले श्रृंखला जितिसकेको छ। पहिलो खेलमा नेपाल ‘ए’ २१ रनले र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो।
श्रृंखलाको अन्तिम तथा तेस्रो खेलमा सोमबार नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्सलाई जितका लागि २१४ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङका क्रममा आयरल्यान्ड उल्भ्सले २० ओभर खेल्दै २१० रन मात्र बनाउन सक्यो। सो क्रममा उसले ७ विकेट गुमायो।
आयरल्यान्ड उल्भ्सका लागि गारेथ डेलानी र मोरगन टोप्पिङले अर्धशतकीय इनिङ्स खेले पनि जितका लागि पर्याप्त भएन। डेलानीले ३७ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै ६८ रन जोडे भने टोप्पिङले ३७ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ६० रन बनाए। रोज अडायरले ३१, फिओन हान्डले २२ रन बनाए।
बलिङतर्फ नेपालका लागि विपिन खत्रीले ३ विकेट लिए भने कमल ऐरी, नारायण जोशी र राशिद खानले समान १/१ विकेट लिए।
यसअघि नेपाल ‘ए’ले कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो। आरिफ शेखको उत्कृष्ट ब्याटिङ नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रनको योगफल बनायो।
नेपाल ‘ए’का लागि आरिफ शेखले सर्वाधिक ९३ रनको योगदान दिए। उनले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। रासिद खानले २४, पवन शर्राफले १३, बसिर अहमदले १९ रन, कप्तान विनोद भण्डारी ११ रन बनाए।
बलिङतर्फ आयरल्यान्ड उल्भ्सका फिन ह्यान्डले २ विकेट लिए। लियाम म्याकार्थी ग्यारेथ डेलानी म्याथु फोस्टर र गेभिन होइले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
