इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई ‘तोशाखाना’ मुद्दामा सुनाइएको सजाय निलम्बन गरेको छ।
काठमाडौँ– इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई ‘तोशाखाना’ मुद्दामा सुनाइएको सजाय निलम्बन गरेको छ।
गत जनवरीमा इमरान खान र बुशरा बीबीले तोशाखाना मुद्दामा इस्लामाबादको ‘अकाउन्टेबिलिटी कोर्ट’ले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपिल गरेका थिए।
इस्लामाबाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुक र न्यायाधीश मियाँ गुल हसन औरंगजेबको बेन्चले सोही अपिलको सुनुवाइ गर्दै सोमबार यस्तो निर्णय गरेको हो।
अकाउन्टेबिलिटी कोर्टले इमरान खान र उनकी श्रीमतीलाई १० वर्षको जेल सजाय र जरिबानाको आदेश सुनाएको थियो। उनलाई आगामी १० वर्षसम्म सार्वजनिक पदमा रहन पनि अयोग्य घोषित गरेको थियो।
इमरान खान पक्षका कानून व्यवसायीले उच्च अदालतमा अकाउन्टेबिलिटी कोर्टले खानविरुद्धको मुद्दामा फैसला दिन हतार गरेको तर्क गरेका थिए। यो मुद्दामा खानले राहत पाए पनि उनी तत्कालै जेलमुक्त हुने छैनन्। उनीविरुद्ध अन्य धेरै मुद्दा विचाराधीन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
