वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्।
काठमाडौँ– वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सोमबारसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति लिएका हुन्।
विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत चुनबहादुर तामाङले सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि १७ आरोही समूहका ४२ महिला र १०६ पुरुष गरी कुल १४८ जनाले आरोहण अनुमति लिएको जानकारी दिए।
हिमाल आरोहणको अनुमतिबापत हालसम्म १० करोड ५५ लाख ९१ हजार राजस्व संकलन भएको छ। सगरमाथापछि सबैभन्दा बढी आमादब्लम र अन्नपूर्ण हिमालमा समान तीन आरोही समूहले अनुमति लिएको विभागले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो याममा सगरमाथासहितका हिमाल आरोहणका लागि धमाधम आरोहण अनुमति दिन शुरू गरिएको विभागले जनाएको छ। वसन्त ऋतुमा सबैभन्दा बढी आरोही सगरमाथा आरोहणका लागि आउने गर्छन्। विभागका अनुसार अघिल्लो वर्षको वसन्त ऋतुमा ४७८ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए। यो वर्ष सोही संख्याको हाराहारीमा आरोही आउने विभागको अनुमान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
