राजस्थान ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। एक मात्र जितविहीन टोली मुम्बई तालिकाको पुछारमा छ।
काठमाडौँ– पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स आईपीएल–२०२४ मा लगातार तीन खेलमा पराजित भएको छ।
हार्दिक पान्ड्याको कप्तानीमा रहेको घरेलु टोली सोमबार राति राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो। जारी आईपीएलमा मुम्बई जितविहीन छ।
वानखडे स्टेडियममा जितको लागि पाएको १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। रियान पराग ३९ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा नटआउट रहे। यशस्वी जैसवाल १०, जस बटलर १४, सन्जु स्यामसन १३ र रविचन्द्रन आश्विन १६ रनमा आउट भए।

मुम्बइका आकाश मधवालले ३ तथा क्वेना मफकाले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।
कप्तान हार्दिकले सर्वाधिक ३४ रन बनाए। तिलक बर्मा ३२, इशान किशन १६ र टिम डेविड १७ रनमा आउट भए।
राजस्थानमा ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले ३–३ तथा नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिए।
राजस्थान ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
