पालिकाले अकबरे खुर्सानी र गोलभेँडाको खेतीलाई प्राथमिकतामा राखेको छ। तालिम र उपकरण पाएपछि किसान पनि उक्त खेतीको विस्तारमा लागेका छन्।
इलाम– सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बू नगरपालिकाबाट अनुदानमा टनेल पाएपछि विषादीरहित मल हालेर गोलभेँडाखेती गर्ने सोचमा छन्।
“अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु,” उनले भने। सूर्योदय नगरपालिकाले १०६ जना किसानलाई मल्चिङ प्रविधिका लागि प्लास्टिक र १२९ किसानलाई प्लास्टिक टनेल वितरण गरेको छ। नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम ‘एक घर एक करेसाबारी’ नीतिअन्तर्गत ५० प्रतिशत अनुदानको कार्यक्रम भइरहेको आर्थिक विकास समिति संयोजक देवेन्द्र आचार्यले बताए।
तरकारीमा मोटो रकम बाहिर गइरहेको अवस्थालाई परिवर्तन गरेर यहीँ तरकारी उत्पादनमा किसानलाई प्रोत्साहन गर्न प्रविधिमा अनुदानका कार्यक्रम ल्याइएको उनको भनाइ छ। “अकबरे खुर्सानीखेतीलाई प्राथमिकतामा राखेर प्लास्टिक वितरण गरेका हौँ। खुर्सानीखेती मल्चिङ गर्दा जमिनको तापक्रम कायम रहने र झार नपलाउने भएकाले किसानको समय बचत हुन्छ,” उनले भने, “सूर्योदयका अधिकांश किसानले अकबरेको व्यावसायिक खेती शुरू गरिसक्नुभएको छ।”
नगरपालिकाले यहाँका व्यावसायिक किसानलाई मिनीटिलर, काउम्याट, च्यापकटरलगायत प्रविधि वितरण गरिरहेको छ। ३०० थान चिया काट्ने हाते मेसिन पनि प्रदान गरेको छ। चिया उत्पादनलाई गुणस्तरीय बनाउन पेट्रोल, डिजेलको साटो ब्याट्री र बिजुलीबाट सञ्चालन हुने मेसिन किसानलाई वितरण गरिएको हो।
“सूर्योदयका करिब ८० प्रतिशत किसान चियाखेतीमा आबद्ध भए पनि चिया टिपाइमा सुधार हुन नसक्दा अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाले प्रतिस्पर्धा गर्न सकेको छैन। गुणस्तर वृद्धिका लागि किसानलाई अनुदानमा मेसिन दिइएको हो,” संयोजक आचार्यले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
