सहकारी विभागका अनुसार नेपालमा सहकारीको संख्या ३१ हजारभन्दा धेरै छ, जसमा ७३ लाख ८१ हजार सदस्य छन्।
काठमाडौँ– ६७औँ राष्ट्रिय सहकारी दिवस मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
२०१३ चैत २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ। यस वर्ष दिवसको नारा ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ रहेको छ।
राष्ट्रिय सहकारी महासंघलगायत सरोकारवाला निकायले दिवसको सन्दर्भ पारेर अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेका छन्।
सहकारी विभागका अनुसार नेपालमा सहकारीहरूको संख्या ३१ हजारभन्दा धेरै छ, जसमा ७३ लाख ८१ हजार सदस्यहरू छन्। सहकारी क्षेत्रले ५० हजार नागरिकलाई प्रत्यक्ष तथा पाँच लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रको छ।
तर सहकारी क्षेत्रमा संख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसंगतिका कारण यसको लोकप्रियता खस्किँदै गइरहेको छ। नागरिकले जम्मा गरेको बचतको केही स्वार्थ समूहले गरेको अपचलनका कारण पनि सहकारीमा संकट निम्तिएको छ। देशभरका १४ लाख बचतकर्ताबाट संकलित करिब एक खर्ब रुपैयाँ सहकारीमा फसेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलभ केसीले बताए।
यस्तै, सहकारी विभागको क्षेत्राधिकारका ५ वटा ठूलासहित ७ वटा सहकारी समस्यामा छन्। ३१ अर्ब ६ करोड ५० लाख रुपैयाँ बचत भएको उक्त सहकारीका बचतकर्ताले बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिएका छन्। उनीहरूले करिब ५ अर्ब रुपैयाँ बराबर बचत फिर्ता गराइदिन विभागमा उजुरी दिएको विभागले जनाएको छ।
सहकारी ऐनले, सहकारी दर्ता र नियमनको अधिकार संघअन्तर्गतको सहकारी विभागसहित प्रदेश र स्थानीय तहमा विभाजन गरेको छ। त्यसकारण छुट्टाछुट्टै क्षेत्राधिकार मातहतका सहकारीले फिर्ता गर्नुपर्ने नागरिकको बचत रकम कति छ भन्ने यकिन तथ्यांक छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
