काठमाडौँ– दोस्रो हाफको 'इन्ज्युरी' समयमा दुई गोल गर्दै इरानले कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित निकालेको छ। अहमेद बिन अलि रंगशाला शुक्रबार सम्पन्न १० खेलाडीमा समेटिएको वेल्सलाई २-० गोल अन्तरले हराउँदै इरानले पहिलो जित निकालेको हो।
इरानको जितमा रुज्बेह चेस्मी र रामिन रिजाइनले गोल गरे। पहिलो हाफमा दुवै टोलीले गोलका केही मौका बनाए पनि सदुपयोग गर्न सकेनन्। खेलको ८६औँ मिनेटमा वेल्स १० खेलाडीमा समेटियो।
गोलरक्षक वायन हेनेसीले पेनाल्टी क्षेत्रबाहिर बल रोक्ने प्रयासमा इरानका फरवार्डलाई लडाएपछि रेफ्रीले भीएआरको सहायता लिँदै रातो कार्ड दिए। वैकल्पिक गोलरक्षक ड्यानी वार्डले त्यसपछि आरोन राम्जीको स्थान लिए। हेनेसी जारी विश्वकपमा रातो कार्ड पाउने पहिलो खेलाडी हुन्।
इन्ज्युरी समयमा चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाए। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बटम कर्नर हुँदै जाली चुमेको थियो।
त्यसको केहीबेरमा वेल्स बराबरी गोल गर्न अघि बढेको अवस्थामा काउन्टर अट्याकमा रेजानले गोल गरे। मेहदी तारेमीले दिएको पासलाई नियन्त्रणमा लिँदै उनले २-० को जित सुनिश्चित गरे।
यससँगै इरानले नकआउट चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ। इंग्ल्यान्डले १ खेलमा ३ अंक जोडेको छ। शुक्रबार इंग्ल्यान्डले अमेरिकासँग खेल्नेछ। वेल्स र अमेरिकाको १-१ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
