कैलालीका विभिन्न गाउँका किसान व्यावसायिक रूपमा च्याउखेतीमा लागेका छन्। यस खेतीबाट लगानीको तीन गुणासम्म आम्दानी लिन सकिने उनीहरूको भनाइ छ।
भजनी– पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका– ५ का एन्जिल चौधरीले गलत साबित गरेका छन्।
२०७६ सालमा शुरू गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ। च्याउखेती अझ बढाउँदै लगेका लगेका छन्। “मैले सिजनअनुसार ६ किसिमका च्याउको खेती गर्दै आएको छु। बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन,” उनले भने, “च्याउ बिक्रीका लागि बजार पुग्नु पर्दैन। घरबाट नै सबै बिक्री हुन्छ।”
चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएका छन्। गर्मीमा ब्लुक्याप, पिंकी च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउने गरेका छन्। लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाखसम्म आम्दानी हुने गरेको उनले सुनाए। “लगानीको तुलनामा आम्दानी राम्रो छ। त्यसैले व्यवसाय विस्तार गरेको छु,” उनी भन्छन्, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु।”
जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन्। च्याउखेतीमा हालसम्म ५० लाख रुपैयाँ लगानी गरिसकेको उनले सुनाए। भने, “मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो। अबको आम्दानी बचतमा जान्छ।”
च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन्। एकै पटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ। पहिले केरा, तरकारी र मकैखेती पनि गर्थे। अहिले भने सबै छाडेर च्याउ उत्पादनमा व्यस्त छन्। गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन्।
जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती शुरू गरेकी हुन्। पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले नै सिकाएका हुन्। साथीहरूबाट सिकेको ज्ञान सँगसँगै स्नातक तहको अध्ययन सकिन्। व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा पनि लागिन्। परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो। “अब स्नातकोत्तर गर्छु। व्यवसायलाई पनि निरन्तरता दिन्छु,” उनले भनिन्।
यस वर्ष एक लाख रुपैयाँ लगानी गरेको च्याउखेतीबाट ६ लाख आम्दानी भएको छ। “च्याउखेतीमा खासै लगानी छैन। त्यही प्लास्टिक र पराल हो,” उनले भनिन्, “पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ। लगानीभन्दा आम्दानी तेब्बर छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
