बागमतीमा मन्त्रिपरिषद् विस्तार, बिनाविभागीय मन्त्री रमा आलेमगरले लिइन् सपथ

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिसक्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए। 

मकवानपुर– बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। 

मुख्यमन्त्री जम्कट्टेलले नेकपा एकीकृत समाजवादीकी सांसद रमा आलेमगरलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार नै पद तथा गोपनीयताको शपथ गराए। एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए। 

मगर एकीकृत समाजवादीबाट प्रत्यक्ष निर्वाचन जित्ने एक्ली महिला सांसद हुन्। उनी काठमाडौँ क्षेत्र नं १० (२)  बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्। 

बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।