मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ३५ वटाको जग हालिएको छ। पाँच वटा टावर खडा गरिएको छ।
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ।
वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन महत्वपूर्ण रहेकाले निर्माणलाई तीव्रता दिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिए।
टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समयतालिकालगायतका विषयमा जानकारी लिएको थियो। वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानूनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा झण्डै ३०० मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन सक्ने बताए।
“हाल चालू रहेको मर्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्र छन्। जसबाट करिब ८०/८० मेगावाट मात्र विद्युत् प्रवाह गर्न सकिन्छ,” उनले भने, “मार्कीचोकबाट विद्युत् काठमाडौँ ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथान्ने हुँदा काठमाडौँबाट हेटौँडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन। यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ।”
त्रिशूली करिडोरबाट माथिल्लो त्रिशूली ३ ‘ए’, रसुवागढी, साञ्जेनलगायत जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ ल्याउने तयारी छ। मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन निर्माण सम्पन्न भएमा मात्र उक्त विद्युत्लाई भरतपुरबाट हेटौँडातर्फ र बुटवलतर्फ प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ। त्यसो हुन नसक्दा विद्युत् कतै प्रवाह गर्न नसकी अवरोध आउन सक्ने अवस्था देखिएको छ।
आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २२५ रुख कटान गर्नु पर्नेछ।
मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ। पाँच वटा टावर खडा गरिएको छ।
प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चारवटा सबस्टेसनको निर्माण हुँदैछ। चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ। लमजुङको उदीपुर तथा खुदी र मनाङको धारापानीमा सबस्टेसन निर्माणाधीन छन्।
मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना शुरू गरिएको हो। प्रसारण लाइनबाट करिब एक हजार ६०० मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ। चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्म ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ।
दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन्।
नेपाल सरकारको लगानी र युरोपेली लगानी बैकको सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
