इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियान समाप्त गरेपछि सोमबारको आक्रमण भएको हो। आक्रमणबाट अस्पतालको सबैभन्दा ठूलो भवन भग्नावशेषमा परिणत भएको छ।
गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्ने क्रममा इजरायली आक्रमणमा सात सहायताक्रमीको मृत्यु भएको छ।
अमेरिकास्थित परोपकारी संस्था ‘च्यारिटी वल्र्ड सेन्ट्रल किचन’ले साइप्रसबाट समुन्द्री मार्ग हुँदै उक्त खाद्यान्न पुर्याएको थियो। खाद्यान्न झार्ने क्रममा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन गरिएको उक्त संस्थाले जनाएको छ।
इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियानलाई समाप्त गरेपछि सोमबारको मृत्यु भएको हो। आक्रमणमा इजरायली सेनाले घेरिएको क्षेत्रको अस्पतालको सबैभन्दा ठूलो भवन जलेको र भग्नावशेषमा परिणत बनेको छ।
मृत्यु हुनेमा अस्ट्रेलिया, पोल्यान्ड, बेलायत, अमेरिका र क्यानडाका नागरिक र प्यालेस्टाइनका नागरिक रहेको र त्यसको जवाफमा उसले यस क्षेत्रमा आफ्नो अभियान रोकेको घोषणा गरेको छ। सहायता समूहले भनेको छ, “ट्रकबाट १०० टनभन्दा बढी मानवीय खाद्य सहायताका लागि सामान झारी देइर अल–बलाह गोदामबाट बाहिर निस्कँदै गर्दा आक्रमण गरिएको थियो।”
मानवीय सहायताकर्मीको मृत्यु भएपछि विश्व समुदायबाट यसको चौतर्फी आलोचना भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजामा सहायता वितरण गने क्रममा मारिएका आफ्ना नागरिकको मृत्युमा जवाफ मागेका छन्।
अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की प्रवक्ता एड्रिएन वाट्सनले अत्यावश्यक सहायता प्रदान गर्ने मानवीय सहायताकर्मीलाई सुरक्षाको प्रत्याभूत हुनुपर्ने बताएकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
