सांसदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न ध्यानाकर्षण गराएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको मंगलबारको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न ध्यानाकर्षण गराइएको छ।
बैठकको विशेष समयमा नेकपा एमालेका सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न शहरमा पोखराबाट सिधा हवाई सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन्।
सांसद भट्टराईले पोखरामा चार सयको संख्यामा रहेका होटलको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँखण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन्।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुशीला सिर्पाली ठकुरीले जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपद्का कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन सरकारको ध्यानाकर्षण गराइन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका विषयमा सरकारको ध्यानाकर्षण गराइन्।
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले मन्त्रीहरूसमेत जोडिएका सहकारीको रकम ठगीका घटनामा संसदीय छानबिन समिति गठन नगरिएको र कृषि क्षेत्रमा लगानी नबढाइएकामा चिन्ता व्यक्त गरिन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विना जैसवाल वीरगन्जको सिर्सिया खोलामा विभिन्न उद्योग र होटलबाट वातावरण प्रदूषण गरेकाले वातावरण संरक्षण गर्न माग गरिन्। एमालेका सांसद रेखा यादवले दलित बालबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्नुपर्ने धारणा राखिन्।
नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्रप्रसाद पाण्डेले निजामती कर्मचारीलाई निरुत्साहित हुने गरी प्रशिक्षार्थी (उत्प्रेरक)का रूपमा परिचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएको विषयमा प्रश्न गरे।
जनमत पार्टीका सांसद अब्दुल खाँनले इद उल फित्रका दिन त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेकामा असन्तुष्टि व्यक्त गरे। तराई/मधेश लोकतान्त्रिक पार्टीका सांसद रामप्रकाश चौधरीले राजनीतिप्रति वितृष्णा फैलिएकाले जनतामा आशा जगाउने काम हुनुपर्ने माग गरे।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले छिमेकी मुलुकसँगको सीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराए। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहटको मौलापुरमा बाढीले भत्किएका बाँध पुनः निर्माण हुनुपर्ने धारणा राखे।
सांसद डा. अमरेशकुमार सिंहले भ्रष्टाचारका मुद्दामा ठूला नेतालाई बचाउने प्रवृत्तिले कर्मचारीले काम वा निर्णय गर्ने क्षमता कमजोर भएको बताए। कांग्रेसका सांसद रामनाथ अधिकारी धादिङको रुवी भ्यालीको सडक ३० वर्षदेखि बन्न नसकेकामा चिन्ता व्यक्त गरे।
एमाले सांसद अमृतादेवी अग्रहरिले मुलुकबाट युवा श्रम शक्ति र प्रतिभा पलायन भइरहेको अवस्था यसलाई रोक्न ठोस पहल गर्न आग्रह गरिन्। कांग्रेसका सांसद लीलादेवी बोखिम लिम्बूले ताप्लेजुङको महानन्दे दोभान सडक कालोपत्र हुन बजेट अभाव भएकामा ध्यानाकर्षण गराइन्।
एमालेका सांसद शान्ति श्रेष्ठको सीमान्तकृत, संरक्षणविहीन र यौनिक अल्पसंख्यक बालबालिकाको शिक्षा र अधिकारको पहुँच वृद्धिका लागि लगानी गर्न आग्रह थियो।
एमालेका सांसद किरणकुमार साहले गत आठ महिनामा चार लाख युवा पलायन भएको तथ्यांक बाहिरिएकाले माटो सुहाउँदो शिक्षाको व्यवस्था गरी युवालाई स्वदेशमै रोजगारी दिन सरकारको ध्यानाकर्षण गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
