आवश्यकताका आधारमा गठबन्धन गर्छौं : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यकताका आधारमा गठबन्धन गर्ने बताएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आवश्यकताका आधारमा गठबन्धन गरेर जाने बताएका छन्। 

प्रतिनिधिसभा सदस्यमा चितवन– २ बाट निर्वाचित लामिछानेले शुक्रबार प्रमाणपत्र बुझ्दै यस्तो बताएका हुन्। 

उनले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताका आधारमा पार्टीले गठबन्धन गर्न सक्ने बताए।

"निर्वाचनका बेला हाम्रो पार्टीले कसैसँग गठबन्धन गरेन, तर भोलिको दिनमा देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन्छौँ," उनले भने।

लामिछानेले आफूलाई मत दिएका मतदातालाई पनि धन्यवाद दिएका थिए।