जसपाका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन्।
काठमाडौँ– समाजवादी मोर्चामा आबद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन्।
मंगलबार समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वर्तमान शासकीय स्वरूपले समाजवाद निर्माण हुन नसक्ने बताएका हुन्।
“अहिलेको संविधान र व्यवस्था नै समाजवादको पूरै वाधक छ। यसलाई संशोधन गरौँ। अहिलेको शासकीय स्वरूपबाट समाजवाद हुनै सक्दैन। हेरिरहेका छौँ नि तमासा त भइरहेकै छ। यो निर्वाचन प्रणालीले पनि करोडौँ खर्च गरेर बल्लतल्ल संसद्मा पुग्छन्। तिनीहरूबाट समाजवादको आशा गर्ने?” उनले भने।
वर्तमान लोकतन्त्रलाई समावेशी र सहभागितामूलक लोकतन्त्रमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ। समाजवाद निर्माणका लागि सामाजिक असमानता, अन्याय र लैंगिक समस्यालाई हल गर्न आवश्यक रहेको उनले उल्लेख गरे।
“नेपाल बहुराष्ट्रिय मुलुक हो। सबै वर्गको सहभागिता र उनीहरूको पहिचानलाई समाधान गरेर राज्यले वर्षौंदेखि सिर्जना गरेका समाजवादलाई उखेलेर नफाल्दासम्म कस्तो खालको समाजवाद हुन्छ? समाजवाद निर्माणका लागि सामाजिक विभेदको अन्त्य गर्न जरुरी छ। त्यस्तै आर्थिक विकास, समृद्धि र सुशासन महत्त्वपूर्ण पक्ष हुन्,” उनले भने।
त्यस्तै, कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मुलुकलाई अस्थिरताबाट स्थिरतातिर ढाल्न ‘समाजवादी मोर्चा’को आवश्यकता भएको बताए। उनले मुलुकमा देखिएको सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्र सम्भव रहेको उल्लेख गरे।
“हामीले धेरै उपलब्धि हासिल गरेका छौँ। यो कुरा साँचो हो। तर पूर्ण भइसकेको छैन। यसका लागि मानवजाति लडिरहेको छ। आफ्नो अधिकारका लागि कोही पनि चुप लागेर बस्न मिल्दैन। बसेको छैन। यस अवस्थामा समाजवादी र कम्युनिस्टहरूको कुन धारा र विचार बोकेर अघि बढ्ने भन्ने कुरा स्पष्ट हुन आवश्यक छ,” उनले भने।
नेपालमा उत्पन्न भएको संकटबाट निराशा मात्र होइन सम्भावनासमेत देखिएको भन्दै उनले दलाल पुँजीवादले राजनीतिको आडमा कब्जा गरेको अर्थतन्त्रको सुधारका लागि कम्युनिस्ट एकताको आवश्यकता परेको औँल्याए। “अहिले बजारमा समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ कि भन्ने बहससमेत भइरहेको सुनिन्छ। तर त्यो कुरा साँचो होइन। म त के देख्छु भने आज जत्तिको स्वतन्त्र समाज कहिले भएको थिएन,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
