मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा कायम भएको हो।
मंगलबार ३१२ कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता शेयर ४६ हजार २३५ पटक खरिदबिक्री हुँदा दुई अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा वित्त समूह ०.०३, लगानी ०.०४, जीवन बीमा ०.१९, लघुवित्त १.८९, म्युचुअल फन्ड ०.३० र व्यापार समूह ०.३२ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ। मंगलबार बैंकिङ ०.१८, विकास बैंक ०.१६, होटल तथा पर्यटन ०.५७, जलविद्युत् ०.७९, उत्पादन तथा प्रशोधन ०.३३, निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.७५ प्रतिशतले घटेको छ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९५ र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८.६४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने ज्योति विकास बैंक बन्ड–२०८७ को शेयर मूल्य ७.५० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको १४ करोड ९८ लाख ८४ हजार ९०१ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको तीन लाख २० हजार ३६४ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
