सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार कर्णाली सरकारको नेतृत्व एमालेलाई दिने निर्णय भए पनि माओवादीबाट मुख्यमन्त्री रहेका राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन्।
कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार विश्वासको मत लिने भएका छन्।
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको हो। मंगलबार बसेको दलको बैठकले सो निर्णय गरेको हो।
सत्ता गठबन्धन दलको केन्द्रीय सहमतिअनुसार कर्णालीमा सरकारको नेतृत्व नेकपा एमालेलाई दिने निर्णय भए पनि कर्णालीमा सरकार गठनमा जटिलता सिर्जना भएको छ। वर्तमान प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले केन्द्रीय सहमतिले मानमर्दन गरेको भन्दै केन्द्रले गरेको निर्णयप्रति आपत्ति जनाएको छ।
माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारले मुख्यमन्त्री शर्माले बुधबार विश्वासको मत लिने बताए।
“विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ। सत्ता साझेदार दलहरूका तर्फबाट भोलि विश्वासको मत लिन्छौँ”, उनले भने, “त्यसपछि मात्र केन्द्रको सहमतिको मर्म र निर्णयबमोजिम सत्ताको नेतृत्व जसले पाउने भनेको छ, उसलाई दिने निर्णय भएको छ।”
प्रमुख सचेतक परियारले केन्द्रको सहमति विपरीत काम नहुने तर विश्वासको मत लिएर मात्र सत्ता हस्तान्तरण गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
