एक हप्तासम्म परकम्प आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन सूचना जारी गरिएको छ। भूकम्पपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ।
ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी भैगर्भिक सर्वेक्षणका अनुसार ताइवानको हुआलियन शहरबाट १८ किलोमिटर दक्षिण केन्द्रबिन्दु बनाएर बुधबार बिहान भूकम्प भएको हो।
७.४ म्याग्निच्युडको भूकम्पपछि पनि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो।
बीबीसीका अनुसार भूकम्पले ठूला भवनहरू ध्वस्त भएका छन्। सामाजिक सञ्जालमा राखिएका फोटो र भिडियोमा ती भवन कोल्टे परेको देखिएको छ।
यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प रहेको स्थानीय भूकम्प मापन अधिकारीले जनाएका छन्।
स्थानीयलाई एक हप्तासम्म परकम्प आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ। भूकम्पपछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ।
जापानको मौसम विज्ञान विभागले समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनेको छ।
फिलिपिन्सको भूकम्प मापन निकायले पनि सुनामीको चेतावनी जारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
