इलाम सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
इलाम– इलाम–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।
इलाम सदरमुकाममा चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
उपनिर्वाचन कार्य तालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली संकलन गरिसकेको छ। इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा ८९४ जना कर्मचारी परिचालन हुनेछन्।
निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
