सत्ता साझेदार नेकपा माओवादीले गत फागुन २३ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो।
गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्।
उनले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा बुझाएका हुन्। सत्ता साझेदार नेपाल नेकपा माओवादीले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो।
संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि उनले त्यसो नगरी पदबाट राजीनामा दिएका हुन्। विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताए।
कूल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२ नेकपा माओवादी केन्द्रका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।
केन्द्रको सत्ता समीकरण अनुसार एमाले–माओवादी गठबन्धनको पनि सरकार बन्न सक्ने अवस्था छैन। त्यसका लागि राप्रपाको साथ आवश्यक पर्छ। राप्रपा सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा अनिर्णीत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
