आयरल्यान्ड ‘ए’ १५७ रनमा अलआउट, कमलसिंह ऐरीको ह्याट्रिक

नेपालका कमलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए। उनले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चिए। 

काठमाडौँ– पहिलो एक दिवसीय अभ्यास खेलमा आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई १५८ रनको लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा १५७ रनमा अलआउट भएको हो। 

आयरल्यान्ड ‘ए’ का केड कार्माइकलले सर्वाधिक ५१ रन बनाए। निल रकले ३९ रन बनाए।

पिटर मुरले २१ रन तथा जेम्श म्याकुलम र स्टेफन डोहेनी १२/१२ रनमा आउट भए। 

नेपालका कमलसिंह ऐरीले ह्याट्रिकसहित ४ विकेट लिए। उनले ६.३ ओभरमा १ मेडनसहित २१ रन खर्चिए। मौसम ढकाल र साहब आलमले २–२ तथा रिजन ढकालले १ विकेट लिए।