ताइवान भूकम्प: ४ जनाको मृत्यु, २६ भवनमा क्षति

ताइवानको सरकारले भूकम्पमा ५० जनाभन्दा बढी घाइते भएको जनाएको छ। उद्धार कार्य जारी रहेको र क्षतिको विवरण संकलनन भइरहेको छ। 

ताइवानमा बुधबार बिहान गएको ७.४ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको छ। 

ताइवानको सरकारले भूकम्पमा ५० जनाभन्दा बढी घाइते भएको जनाएको छ। यस्तै, २६ वटा भवन भत्किएका छन्। त्यहाँ उद्धार कार्य जारी रहेको र क्षतिको विवरण संकलनन भइरहेको बताइएको छ। 

स्थानीय सञ्चारमाध्यमले आवासीय भवन भत्केका र मानिसलाई घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएका भिडियो तथा तस्वीर देखाएका छन्।

ताइवानमा भूकम्पका कारण पहाडी भेगका विभिन्न स्थानमा पहिरो गएको बताइएको छ। सन् १९९९ सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० व्यक्तिको ज्यान गएको थियो।