बुधबार नेप्से परिसूचक 3.४३ प्रतिशतले घटेर २००६.७८ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक 3.४३ प्रतिशतले घटेर २००६.७८ को बिन्दुमा कायम भएको हो।
विभिन्न ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर ५२ हजार ६५ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९८६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज जीवन बीमा समूह ०.५०, लघुवित्त १.६५ र म्युचुअल फन्ड समूह ०.३८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह १.७४ र व्यापार समूह ०.७४ प्रतिशतले घटेको छ।
बैंकिङ ०.३५, विकास बैंक ०.६३, वित्त ०.६३, होटल तथा पर्यटन ०.१८, जलविद्युत् ०.३९, लगानी ०.१८, निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.२७ प्रतिशतले घटेका छन्।
आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९७ र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य ४.४० र मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४.०८ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ करोड ८० लाख ५९ हजार ११६ रुपैयाँ बराबरको चार लाख ९४ हजार ७४५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
