गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो। चोरी गर्नेको पहिचान हुन सकेको छैन।
झापा– झापाको गौरादहमा पछिल्लो समय सहकारी संस्थामा चोरीको घटना बढ्दै गएको छ। गएराति मात्रै अज्ञात समूहले गौरादहको तीनवटा सहकारीमा तोडफोड र नगद चोरी गरेको हो। चोरी गर्नेको पहिचान हुन सकेको छैन।
गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीका अनुसार गौरादह–५ स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारीकै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरी नगद चोरी भएको छ।
यसअघि गत चैत ५ गते राति गौरादह–९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी हुदाँ १२ लाख ८७ हजार ६२३ रुपैयाँ चोरी भएको व्यवस्थापक तिलक कार्कीले बताए। स्कुलचौनको जनहित सहकारीबाट करिब सात लाख सेफमा रहेको र बाँकी सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताए।
यसैगरी, सोही स्थानको चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८५ हजार र साना किसान सहकारीबाट ५४ हजार रुपैयाँ चोरी भएको बताइएको छ। नगरप्रमुख सुवेदीसहितको जनप्रतिनिधिको टोलीले बुधबार बिहान घटनास्थल पुगेर त्यसबारे सहकारीका सञ्चालकसँग जानकारी लिएका छन्।
त्यस क्रममा उनीहरूले नगरभित्र सहकारी कार्यालयमा हुँदै आएको चोरी र तोडफोडको घटना नियन्त्रणका लागि स्थानीय प्रशासनको ध्यान जानुपर्ने बताए। एकैरातमा तीनवटा सहकारी संस्थामा चोरी भएपछि स्थानीयले सुरक्षा बढाउन माग राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
