विधेयकमा खाद्य प्रयोगशाला स्थापना, यसको अनुमतिपत्र तथा नवीकरण, वस्तु आयात तथा निर्यातका बेला गुणस्तर प्रमाणीकरणलगायतका विषय समेटिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको बुधबारको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०८०’ पारित गरेको छ।
आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेकी थिइन्। उक्त विधेयकलाई बैठकको बहुमतले पारित गरेको हो।
राष्ट्रियसभामा उत्पत्ति भएको यो विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेस भएको थियो। कृषिमन्त्री साहले खाद्यपदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्नका लागि यो विधेयक महत्त्वपूर्ण रहेको बताइन्। विधेयकमा खाद्य प्रयोगशाला स्थापना, यसको अनुमतिपत्र तथा नवीकरण, वस्तु आयात तथा निर्यातका बेला गुणस्तर प्रमाणीकरणलगायतका विषय समेटिएका छन्।
मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ताहित संरक्षणका लागि खाद्य शृंखलाका सबै चरणमा वैज्ञानिक तथ्यको आधारमा स्वच्छता र गुणस्तर निर्धारण गरी त्यसको नियमन गर्ने व्यवस्था सरकारले यो विधेयकमा ल्याएको हो।
अन्तर्राष्ट्रियमा आएको नयाँ परिवर्तन र खाद्य स्वच्छतामा बढ्दै गएको संवेदनशीलतालाई समेत संस्थागत संयन्त्रमार्फत सम्बोधन गरी स्वस्थ्य र निरोगी नेपाल निर्माण गर्नका लागि खाद्य ऐन, २०२३ लाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्न यो विधेयक ल्याइएको हो।
यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनबाट लागु हुनेछ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत २७ गते मंगलबार बिहान ११ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
