कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा वर्षाको सम्भावना

देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण देशभर आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी, राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र  कर्णालीमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

कोशी, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने सम्भावना छ।