कोलकातासँग दिल्ली १०६ रनले पराजित

टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रनको विशाल योगफल खडा गरेको थियो।

एजेन्सी– इन्डियन प्रिमियर लिग (आईपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई फराकिलो अन्तरले हराएको छ। 

आईपीएल इतिहासको दोस्रो ठूलो योगफल बनाएको कोलकाताले दिल्लीलाई १०६ रनले पराजित गरेको हो। 

बुधबार राति टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७२ रनको विशाल योगफल खडा गरेको थियो।

यो आईपिएल इतिहासको दोस्रो ठूलो योगफल हो। हालै हैदराबादले मुम्बईविरुद्ध २७७ रन बनाएको थियो।

कोलकत्ताका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाए। अनकृष रघुवंशीले ५४, आन्द्रे रसेलले ४१ तथा रिङ्कु सिंहले २६ रन बनाए।

दिल्लीका एनरिक नोर्ट्जेले ३ तथा ईशान्त शर्मा २ विकेट लिए। खलिल अहमद र मिचेल मार्शका नाममा समान १–१ विकेट रह्यो।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७.२ ओभरमा अलआउट हुँदै १६६ रन मात्र बनाउन सक्यो। दिल्लीका ऋषभ पन्तले ५५ र ट्रिस्टन स्टब्सले ५४ रन जोडे। 

कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्थिले समान ३–३ विकेट लिएर। मिचेल स्टार्कले २ तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १–१ विकेट लिए।

कोलकाता ३ खेलमा ३  जितसहित शीर्षस्थानमा उक्लिएको छ। ४ खेलमा १ जितसहित दिल्ली नवौँ स्थानमा छ।