मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित ८ जना पक्राउ

बुधबार राति २ बजे काठमाडौँको थापागाउँस्थित पुलहाउस बाहिरबाट गायक राईसहित आठ जना पक्राउ परेका हुन्। राईको समूहले मापसे गरी होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।

काठमाडौँ– मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राई पक्राउ परेका छन्।

बुधबार राति २ बजे काठमाडौँको थापागाउँस्थित पुलहाउस बाहिरबाट राईसहित आठ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए। 

उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। गायक राईसहितको समूहले होहल्ला गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।

प्रहरी पुग्दा प्रहरीलाई नै थर्काएपछि पक्राउ गरिएको  र सोधपुछ भइरहेको एसएसपी मैनालीले जानकारी दिए।