प्रतितोला १ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेको छ।

काठमाडौँ– नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार रुपैयाँ पुगेको छ। बुधबार एक लाख ३३ हजार रुपैयाँ थियो। लगातार बढेपछि सुनको मूल्यमा उच्च मूल्यको रेकर्ड बनिरहेको छ। 

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ३५० रुपैयाँ तोकिएको छ। बजारमा चाँदीको पनि मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार ६१० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ६५० रुपैयाँ पुगेको हो। 

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्य बढिरहेकाले नेपालमा पनि त्यसको असर परेको महासंघले जनाएको छ।