नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँस संकलन गरेर परीक्षणका रूपमा शुरू गरेको जुस उत्पादन सफल भएको छ।
नुवाकोट– नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले लालीगुराँसबाट जुस उत्पादन शुरू गरेको छ। किसानका खेतबारी तथा जंगलमा खेर गएका लालीगुराँस संकलन गरेर परीक्षणका रूपमा शुरू गरेको जुस उत्पादन सफल भएको हो।
गाउँपालिका अध्यक्ष शंकर थापाका अनुसार उत्पादित जुसको सेवन योग्य प्रमाणीकरणको परीक्षण प्रक्रिया अघि बढाइएको छ। “जंगलमा प्रशस्त पाइने लालीगुराँसको फूल उपयोगविहीन हुने गरेकामा अब आर्थिकोपार्जनसँग जोड्ने प्रयासमा लागेको छौँ,” उनले भने, “गाउँपालिकाले किसानको आर्थिकस्तर वृद्धिका लागि यो वर्षदेखि शुरू गरेको ‘अध्यक्षसँग किसान सवलीकरण कार्यक्रम’मार्फत लालीगुराँसका फूलको संकलन गरेर जुस उत्पादनमा संलग्न गराउने प्रयासमा लागेका छौँ।”
यही साता आएको वर्षा र हावाहुरीले झारेका फूल संकलन गरेर बनाइएको जुसको गुणस्तर मापन हुन बाँकी भए पनि न्यून लागतमा तयार गरिएको जुस गुणस्तरीय प्रमाणित भए राम्रो उत्पादन लिन सकिएको गाउँपालिकाका कृषि शाखाका सुदेश सुवेदीले बताए।
उनका अनुसार सेवनयोग्य परीक्षणमा प्राप्त नतिजामा आवश्यकताअनुसार सुधार गरेर सवलीकरण कार्यक्रममार्फत किसानलाई व्यावसायिक उत्पादनमा संलग्न गराउने लक्ष्य गाउँपालिकाले बनाएको छ।
“किसानको खेतबारी र जंगलमा झरेका फूल संकलन गरेर त्यसलाई सरसफाइ गरी उमालेर र फिल्टर गरेर सेवनयोग्य जुस तयार गरिएको छ,” सुवेदीले भने, “अन्यत्र सफल भएका योजनाको अवलोकन र किसानलाई तालिम दिएर जुससहित जामलगायतका उत्पादनको योजनामा लाग्नेछौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
